धरान – मालपोत र नापीका कर्मचारी तथा जनप्रतिनिधिको संलग्नतामा नक्कली नागरिकता बनाएर गुठीको २२ कट्ठा १० धूर जग्गा व्यक्तिको नाममा सारिएको छ। यो कार्यमा मालपोत तथा नापी कार्यालय सुनसरीका कर्मचारी र धरान उपमहानगरपालिका–१६ का अध्यक्ष दीलकुमार गिरीको समेत संलग्नता देखिएको छ। उक्त जग्गा अर्को एक व्यक्तिलाई झण्डै सवा करोड रुपैयाँमा बिक्री गर्ने अन्तिम समयमा जग्गा किर्तेको भेद खुलेको हो।
सुनसरीको रामधुनी नगरपालिका–६ स्थित चन्द्रशेखर महादेव गुठीको नाममा रहेको जग्गालाई धरान–१४ का मानबहादुर परियारको नाममा सारिएको हो। यसरी व्यक्तिको नाममा दर्ता गर्नका लागि भूमाफिया, कर्मचारी र जनप्रतिनिधिको समेत सहभागिता रहेको देखिएपछि सोहीअनुसार कारवाहीको लागि जिल्ला अदालत सुनसरीमा बुधबार अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले जानकारी दिए। उनका अनुसार किर्ते गरी जग्गा किनबेच गर्ने कार्यमा वडाध्यक्ष गिरीको समेत संलग्नता देखिएपछि अनुसन्धान गरी अभियोग पत्र दर्ता गरिएको हो। उनले जिल्ला अदालतले दोषी ठहर गरे जनप्रतिनिधिसहित सबै जेल सजायको भागिदार हुनुपर्ने बताए। अन्नपूर्ण पाेस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया