विराटनगर । आठ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरी बुबालाई पक्राउ गरेको छ ।
मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका बाबुले गत फागुन १० गते ८ वर्षीया छोरीलाई बलात्कार गरी फरार भएका थिए ।
प्रहरीका अनुसार घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गएका बेला सुतिरहेकी छोरीलाई बलात्कार गरेको भनाइ छ ।
छोरी बलात्कार गरेको घटना बाहिरिएपछि भोलिपल्ट बालिकासहित परिवारका सबै सदस्य घर छाडेर भागेका थिए । उनीहरु सुनसरीको भाण्टाबारीमा आफन्तमा गएर बसेको प्रहरीले बताए ।
घटनाको ९ दिनपछि घर फर्किएका बेला बालिकाका बुबा पक्राउ परेका हुन् ।
उता बालिकाको मंगलवार नै स्वास्थ्य परीक्षणकालागि पठाइएको र रिपोर्ट आएपछि थप विषय बाहिर आउने प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया