काठमाडौं । हराएको एक सातापछि प्रहरीको शव भेटिएको छ ।
ड्युटी सकेर घुम्न निस्किएका कलेस्ती अस्थायी प्रहरी चौकीका प्रहरी जवान ठगेन्द्र घर्ती मगरको हराएको एक साता पछि शव भेटिएको हो ।
गत फागुन १५ गते मंगलबार ड्युटी सकेर राति घुम्न निस्किएपछि हराएका प्युठान घर भएका २४ वर्षीय ठगेन्द्र घर्ती मगरको व्यापक खोजी थालिएकोमा उनको शव नरहमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। गोताखोरको टिमले नहरबाट उनको शव बाहिर निकालेको हो ।
राति १० बजेतिर ड्युटी सकेर आफू अस्थायी रुपमा बसेका घरका घरबेटी शैलेन्द्र घिमिरेसँग उनी मादी पारी चिन्टुटार गएका थिए। फर्कने क्रममा उनी बेपत्ता भएको खबर घरबेटीले नै उनलाई दिएका थिए ।
मृतकको पोस्टमार्टम हुँदैछ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिर।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया