तलब नदिएको भन्दै त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी आन्दोलित

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् ।

तलब नपाएपछि बुधबार बिहान २ घन्टा विमानस्थलभित्रको सरसफाइ रोकेर उनीहरुले आन्दोलन थालेका हुन् । 

त्रिभुवन विमानस्थलको सरसरफाइको जिम्मा निजी कम्पनीको रहेको छ । जसले २१ घन्टा विमानस्थलको सफाइ गर्न विभिन्न सिफ्टमा कर्मचारी पठाउँछ। टेन्डरमार्फत् गत वर्ष इन्नोभेटिभ एचआर सोलुसनले सरसफाइ गर्ने जिम्मा पाएको थियो। इन्नोभेटिभले विमानस्थलको सरसफाइका लागि दैनिक १ सय ८० जना कर्मचारी पठाउने गरेको छ भने सफाइ कर्मचारीको तलबका लागि मासिक झन्डै तीस लाख रूपैयाँ प्राधिकरणले इन्नोभेटिभलाई दिइरहेको थियो । 

इन्नोभेटिभसँगको सम्झौता गत महिना सकिएको भएतापनि नागरिक उड्ययन प्राधिकरणले सम्झौता नवीकरण गरेको छैन। फागुन महिना सकिन लाग्दा पनि माघ महिनाको तलब नपाएकाले उनीहरु आन्दोतिल भएको जनाइएको छ   । 

विमानस्थल प्रशासनको जानकारी अनुसार नयाँ तलब निकासा गर्न प्राधिकरणको बोर्ड बैठक नबसेकाले यस्तो समस्या आएको हो । प्राधिकरणको बोर्ड अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी थिए जसको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। मन्त्री नभएकाले समस्या भएको भएपनि केही दिन भित्रै समधान निकालने प्राधिकरणले प्रतिब्धता जनाएको छ । 

नागरिक उड्ययन प्राधिकरणका अधिकारीसँगको बैठकपछि उनीहरू काममा त फर्किएका छन् । बैठकमा फागुन २४ गतेभित्र कर्मचारीको तलब दिने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभए फेरि काम रोक्ने चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?