WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १९ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागवत्ती : राजकीय सम्मानका साथ पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आज ९आइतवार०अन्त्येष्टि गरिएको छ । शनिवार राति उपचारका क्रममा हृयाम्स अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएका अधिकारीको पार्थिव शरीरलाई उनका तीन छोरीले दागवत्ती दिएका हुन् ।
2. भरतमोहन अधिकारीको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् । आइतवार बिहान पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेताका अध्यक्षद्वय ओली र प्रचण्डले दिवंगत अधिकारीको पार्थिव शरीरमा पार्टीका झण्डा ओढाएका हुुन् ।
3. ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमोहन : कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए । शनिवार राति ९ः३५ बजे काठमाडौंको ह्याम्स अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त योद्धा मानिन्छन् ।
4. नेकपा सचिवालय बैठकको निर्णय भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा संयुक्त : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले दिवंगत नेता भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा संयुक्त रुपमा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान ९ बजे बसेको नेकपा सचिवालय बैठकले यही फागुन २३ गते दिवंगत पर्यटनमन्त्री अधिकारी र नेकपा नेता भरतमोहन अधिकारीको श्रद्धाञ्जलीसभा संयुक्त रुपमा गर्ने निर्णय गरेको हो ।
5. मुख्यमन्त्री पोखरेल र जर्मनी राजदूतबीच भेटवार्ता : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र जर्मनी राजदुत रोल्याण्ड स्याफर भेटवार्ता भएको छ । आइतवार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जर्मनी राजदूतले जानकारी लिएको छन् ।
6. ग्यास उद्योगीद्वारा आन्दोलनको चेतावनी, बजारमा ग्यासको कृत्रिम अभाव : ग्यास उद्योगीले आन्दोलन गर्ने चेतावनी दिएसँगै ग्यास बिक्रेताले ग्यासको कृत्रिम अभाव गराउन शुरु गरेका छन् । उद्योगीले कमिसन र सञ्चालन खर्च बढाउनका लागि सरकारलाई दबाव दिन ग्यासको प्रडक्ट डेलिभरी अर्डर ९पीडीओे खरिद नगर्ने चेतवनी दिएसँगै बिक्रेताले ग्यासको कृत्रिम अभाव गराउन शुरु गरेका हुन् ।
7. अमेरिकी कम्पनीद्वारा अन्तरिक्षमा मानव लैजाने विमानको परीक्षण उडान : अमेरिकी कम्पनी स्पेस एक्सले अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।आफ्नो पूर्वघोषणाबमोजिम अमेरिकी कम्पनी स्पेस एक्सले परीक्षण उडान गरेको हो । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् ।
8. जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाई दिए चुनौती : राप्रपा अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन् ।पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुस्ख समेत व्यक्त गरेका छन् ।
9. साताको पहिलो दिन, पाँच अङ्कले घट्यो शेयर बजार : साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।९५ विन्दुले घटेर ११००।५८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।९५ विन्दुले घटेर २३३।८८ विन्दुमा कायम भएको छ ।
10. ओम अस्पतालमा सर्जरी विशेष प्याकेज अफर, विभिन्न सर्जरीहरुमा ३४ देखी ३७ प्रतिशतसम्म छुट : काठमाडौंको चावहिलमा रहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले महाशिवरात्रीको अवसरमा यही फागुन २१ गतेदेखी ३० गतेसम्म ३४ देखी ३७ प्रतिशत सम्म विशेष सहुलियत अफरसहितका सर्जरी प्याकेजहरु अघि सारेको छ ।प्याकेज अफर अन्तर्गत दुई किसिमका सर्जरी सेवा उपलब्ध रहेको छ ।
11. नेपाल भारत सुरक्षा बैठक- सीमा क्षेत्रमा हुने घुसपैठ र अपराधलाई नियन्त्रण गर्ने निर्णय : कपिलवस्तुको तौलिहवामा शनिवार नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच संयुक्त समन्वय बैठक सम्पन्न भएको छ । दुई देशको सुरक्षा अधिकारीहरुबीचको संयुक्त समन्वय बैठकमा सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणलगायतको विषयमा छलफल भएको थियो ।
12. प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्छ – देउवा : प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । आइतवार जनकपुर पुगेका कांग्रेस सभापति देउावले पत्रकारसँगको भेटमा सो कुरा बताएका हुन् । साथै उनले प्रदेशको स्थायी राजधानी जनकपुर तोक्न समेत सरकारलाई सुझाव दिए ।
13. क्याम्पस हिडेकी छात्रा दिव्याको शव फेवातालमा फेला : पोखरामा एक छात्राको शव फेला परेको छ । पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत १९ वर्षीय छात्रा दिव्या अधिकारीको शव फेला परेको छ । आइतवार बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका २ को ढिकुरपोखरी बस्ने अधिकारीको शव फेवातालमा घोप्टो परेको अवस्थामा शव फेला परेको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए ।
14. ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ – कप्तान पारससहित पाँच जना खेलाडी मनोनित : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित पाँच खेलाडी ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’को मनोनयनमा परेका छन् । क्रिकेट खेलाडी संघ ‘सिप्यान’को आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड अन्तर्गत आइतवार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
15. अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट दुई पक्राउ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल कार्यालयको टोली र महानगरीय प्रहरीको संयुक्त टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिवार राति पक्राउ गरी आज –आइतवार० सार्वजनिक गरेको हो ।
16. प्रविधिले विश्वमा फड्को मार्दै, लण्डनमा यसरी बनाइयो थ्रिडी जेब्राक्रसिंग : विकासको आधार के हुन् रु विकासको सुचाङ्क भित्र के(के राख्ने रु बाटो, बत्ति, खाना, पानीको सुविधामात्र विकास हुन् रुसमाजको विकासँंगै विकासको आधारहरु पनि परिर्वतन हुँदै गएका छन् ।बाटो, बत्ति, खाना, पानीको सुविधामात्र अब देशको विकास होइनन् ।
17. रङ्गशाला निर्माणका लागि प्रदेश २ मा उठ्यो २२ लाख सहयोग, आजैदेखी खुत्रुके महाअभियान शुरु : धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ ।नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो ।
18. एक दशक खेर गयो, पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्यौलमा : लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ । हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए ।
*LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया