काठमाडौं । अमेरिकाले घोषणा गरेको तीन वर्षपछि ‘स्काई ट्रक’ विमान खरिद प्रक्रिया शुरु गरेको छ ।
२०७२ वैशाखको महाभूकम्पपछि अमेरिकी सेनाले ‘फरेन मिलिट्री एड’ अन्तर्गत नेपाली सेनालाई चार वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो । सो घोषणा सँगै अमेरिकी रक्षा मन्त्रालयले दुई विमान खरिद प्रक्रिया शुरु गरेको हो ।
अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डको पोलस्की ज्याकलेडी लोट्निच्ज (पीजेडएल मियलेक)सँग शुक्रवार मात्र दुई नयाँ एम २८ स्काइट्रक विमानको लागि खरिद सम्झौता गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई दुई चरणमा गरेर चार वटा विमान पठाउने तयारी छ । सो पहिलो चरण अन्तर्गत दुई वटा ‘स्काई ट्रक’ पठाउने तयारी थालेको हो ।
दुई विमानको खरिदका लागि एक करोड ८० लाख डलरको वैदेशिक सैन्य विक्री (एफएमएस) सम्झौता भएको जनाइएको छ ।
यसैगरी सम्झौता अन्तर्गत व्यवसायिकरुपमा निर्मित दुई नयाँ एम२८ ब्लक ०५ बिमान कम्पनीले अमेरिकालाई उपलब्ध गराउने छ । विमानसँगै मर्मत–सम्भार तालिम, प्राविधिक प्रकाशन र जनशक्ति कम्पनीले नेपालमा पठाइनेछ ।
सम्झौता बमोजिम कम्पनीले २० डिसेम्बरसम्म अमेरिकी रक्षा मन्त्रालयलाई विमानहरु उपलब्ध गराइनुपर्ने छ ।
सबैभन्दा ठूलो विमान उत्पादक कम्पनीसँग सम्झौता भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया