सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा एक युवकको गोल हानी हत्या गरेको छ ।
शनिवार राति अज्ञात समूहले मलंगवा नगरपालिका ८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी ३१ वर्षीय मनोज यादवको गोली हानी हत्या गरिएको हो ।
हत्या गरिएको अवस्थामा यादवको शव आइतवार बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईका अनुसार घटनामा संलग्नको खोजी तीव्र पारिएको छ ।
उनले भने, ‘घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ, साथै मृतक यादवको मोबाइल उनकै साथमा भेटिएको छ ।’
‘शनिवार राति करिब ९ बजे दाईको मोबाइलमा एक व्यक्तिको फोन आयो र दाई घरबाट निस्कनु भयो ।’ मृतकका बहिनीले प्रहरीलाई जानकारी दिइन् ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया