फेवातालमा खसेका प्याराग्लाइडर सिरजरको उपचारका क्रममा मृत्यु

कास्की । फेवा तालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ । 

साराङकोटबाट प्याराग्लाइडिङ उडाएका रोमानीयाका नागरिक एड सिजरको उपचारको क्रममा मृत्यु भएको हो । ४२ वर्षिय सिजरको फेवा सिटी अस्पतालमा उपचारको क्रममा मृत्य भएको हो । 

फेवातालमा प्याराग्लाईडिङ  खसेको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । उद्धार टोलीले नै उनलाई अस्पताल पुर्‍याइएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

उनी ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?