काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पर्सा, चितवन र मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका(२५ आइसिसि गेटस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले सोमबार दिउँसो ठक्कर दिँदा सोही महानगरपालिका खलवाटोल सिर्सिया बस्ने साहेन साहको ३ वर्षीया छोरी सन्झना कुमारी साहको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाईते भएकी उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी भरतपुर महानगरपालिका(२३ कृष्णचोकस्थित सडकमा बा।१५ च ४९२६ नम्बरको कारले पैदलयात्री सोही स्थान बस्ने अन्दाजी ८० वर्षीय जितबहादुर सार्कीलाई सोमबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका(१९ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषलाई सोमबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन तथा चालकको प्रहरीले खोजी गर्नुका साथै मृतकको सनाखतको लागि आवश्यक कार्य गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया