सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत होइनः गगन थापा

गोरखा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् ।

नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले भने, “कुनै पनि प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार चाहिन्छ, त्यसमा उडाउनुपर्ने कुरा छैन तर रेल पहिले कि देशलाई आर्थिक जोखिमबाट जोगाउने काम पहिला हो भन्ने मात्र हो ।”

अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?