काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ परेको छ । 

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि देशभर वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकी लगायतका डाँडाहश्रमा हिँउ परेको हो । 

हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासमेत सेताम्मे भएका छन् ।

देशभर भइरहेको वर्षाले आन्तरिक तथा बाह्य पर्यटकको चलह–पहल भने पनि कमि आएको छ । 

चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा गत पुस २३ मा पनि हिउँ परेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?