सम्भु सैनी / कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका १ को तिर्तिखी गाविसलाई पूर्ण खोप मुक्त क्षेत्र घोषणा गरिएको छ ।
आइतवार वडाका सबै बालबालिकाले खोप सुविधा लिएसँगै वडालाई पूर्ण खोप मुक्त वडा घोषणा गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि कपिलवस्तु क्षेत्र नम्बर २ का सभासद वृजेश कुमार गुप्ताले ब्यानर बाचन गरि पूर्ण खोप मुक्त वडा घोषणा गरेका हुन् ।
यसैगरी विशिष्ट अतिथि यशोधरा गाँउपालिकाको प्रमुख गिरजेश कुमार पाण्डेयले प्रमाण पत्र प्रदान गरेका थिए । यशोधरा गाँउपालिका वडा नम्बर १ का अध्यक्ष शिव पुजन पासीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा यसै वडाका स्वास्थ्य कर्मी मिरा चौधरीलाई राम्रो काम गरे बपात दोशल्ला ओढाई सम्मान गरेका थिए ।
उक्त वडामा १५ महिनासम्मका सबै बालबालिका सम्पूण खोप लगाइएको गाँउपालिकाका प्रमुख पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया