सात वर्षदेखि फरार अभियुक्त पक्राउ

भोजपुर । सात वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । 

भोजपुर आमचोक गाउँपालिका ३ थिदिङखका ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले पक्राउ गरेको हो ।

अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?