काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालक कारवाहीमा परेका छन् । लाई कारवाही गरिएको छ ।
जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकहरु कारवाहीमा परेका हुन् । चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिए।
साउनमा २ सय ४६, भदौमा २ सय १४, असोज ३ सय ३२, कात्तिकमा ३ सय ५४, मङ्सिरमा २ सय ७८ र पुसमा २ सय ७६ सावरीसाधनका चालकलाई कारवाही गरिएको हो । कारवाहीमा सबैभन्दा बढी जिप चालकहरु रहेका छन् । गत आवभन्दा ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आएको ट्राफिक कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया