काठमाडौं । कालीमाटी फलफूल तरकारी बजार विकास समितिको सार्वजनिक सुनुवाई आज हुने भएको छ । सोमवार दिउँसो २ बजे सुनुवाई हुने भएको हो ।
त्यस्तै आज सोमवार विहान महाराजगञ्जस्थित श्रीलंकाली दूतावासमा ७१ औँ राष्ट्रिय दिवस मनाइँदै छ । साथै, वश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पताल बिहान ११ः०० बजे एक आयोजनाकाबीच विश्व क्यान्सर दिवस मनाइने भएको छ ।
यसैगरी आजै नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १० बजे देखि बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोधका कार्यक्रमहरु पनि आज गर्दैछ ।
एकीकृत शत्रु जीव व्यवस्थापन सम्बन्धि कार्यक्रम कृषि विभागमा मध्यान्ह १२ः०० बजे हुँदैछ भने नेपाली क्रिकेट खेलाडी आजै दिउँसो ३ बजे स्वदेश फर्कँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया