काठमाडौं । भेनेजुयलामा विकसित राजनीतिक अवस्थाप्रति चासो राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकाको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारले निकालेको वक्तव्यको आलोचना गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरीत रहेको पनि नेपाली कांग्रेसले जनाएको छ । सरकार र सत्तासिन दलले भेनेजुयलाको पक्षमा गरेको समर्थनप्रति काग्रेसले असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन रहेको भन्दै आपत्ति आपत्ति जनाएको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै सरकारले कुनै सम्बन्ध नरहेको भेनेजुयलाको पक्षपोषण गर्नु गलत भएको ठहर गरेको हो ।
‘नेपालको विकासका लागि झन्डै ६५ वर्षभन्दा समयदेखि लगातार आर्थिक सहयोग पु¥याउँदै आएको एक पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पु¥याइरहेको छ’ –कांग्रेसले भनेको छ । अमेरिकाद्वारा मिलेनीय च्यालेन्ज कर्पोरेसन अनुदानमार्फत भौतिक पूर्वाधार विशेषत विद्युत् लाईन निर्माणका लागि निकै नै ठूलो सहयोग राशी नेपाललाई प्राप्त भएको कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया