नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य

युएई विरुद्धको अन्तिम तथा तेस्रो टी- ट्वान्टी क्रिकेट सिरीज अन्र्तगत नेपालले  घरेलु टोली युएइलाई १०५ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएके खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनायो ।

बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरमा झारिएको हो । 

नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?