निकिताको पद धरापमा !

काठमाडौं । मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा रुष्ट बनेका छन् । 

आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । 

मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित बनेका हुन् । 

उनले अनुपस्थित प्रकरणलाई गम्भीरता पूर्वक लिई स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको स्रोतको भनाई छ । 

निकितालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

निकिताले केही साता अघि मात्रै टेलिभिजनकर्मी रवी लामिछानेसँग बिहे गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?