रुपमती दास हत्या प्रकरण: बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना पक्राउ

विराटनगर । विराटनगरकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

दासको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ८ का २५ वर्षीया अब्बास अन्सारी र १८ वर्षीय चन्द महतो रहेका छन् । 

पक्राउ गरेका दुवै जना लागूऔषध प्रयोगकर्ता समेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका रुपमती दास ‘गुडिया’ गत शनिवार छिमेकीको घरमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।

भोलिपल्ट अर्थात् आइतवार बिहान घरदेखि करिब ५ सय मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । 

पोष्टमार्टम रिपोर्टले बालिकाको बलात्कारपछि हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ । 

घटना लगत्तै अनुसन्धान शुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो ।  

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका दुवै जनालाई आजै (आइतवार) सार्वजनिक गर्ने तयारी गरेको डीएसपी श्रेष्ठले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?