चितवन । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नम्बरको मिनीबसको ठक्करबाट चितवनमा आज बिहान एक वृद्धा मृत्यु भएको छ ।
मिनीबसको ठक्करबाट पैदलयात्री राप्ती नगरपालिका ४ डुडुवा चोककी ७५ वर्षीया लीलामाया हुमागाईं छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हुमागाईंको घटनास्थलमै मृत्यु हो ।
ठक्कर दिने मिनीबस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
चालक फरार रहेपनि प्रहरीको सम्पर्कमा रहेको र हुमागाईंको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया