काठमाडौं । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाईमा शनिवार राजधानीको माइतीघरमा जुलुस निकालिएको छ ।
डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसी समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा. केसीको माग पूरा गर्न गम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभागिता रहेको छ ।
चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै डा. केसीले ११ दिनअघि इमालमा पुगेर १६ औं अनसन शुरु गरेका थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रवार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनसनकै क्रममा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया