सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने

लोकपथ
539
Shares


काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलबार हेर्देहेदैृमा टुंगिएको छ । दुवैतर्फको बहस सकिएपनि जवाफी बहस नसकिएको कारण बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीका अनुसार वादी र प्रतिवादीतर्फका गरी २२ जना कानुन व्यवसायीले बहस सकाएका छन् । जवाफी बहसका लागि समय अभाव भएपछि बुधबारका लागि हेर्दाहेदैृमा राखिएको हो ।

अग्राधिकार प्राप्त भएको लामिछाने विरुद्धको मुद्दा मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप सफाईको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदनका लागि पुगेका थिए । वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला नमिलेको भन्दै उच्च अदालत पुगेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले गते पुष १३ गते सन्दीप लामिछाने विरुद्धको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । अभियोगपत्रमा पीडित नाबालिग रहेको कारण १२ देखि १४ वर्षसम्मको कैद सजायको माग गरिएको भएपनि जिल्ला अदालतले पीडित वारदातको समयमा वालिग रहेको फैसला सुनाएको थियो । वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

परिवर्तित नाम गौशाला–२६ ले २०७९ भदौ ५ गते राति सन्दीपले आफूमाथि गौशालाको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । किशोरीको परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा प्रहरीले सन्दीपलार्य पक्राउ गरी २०७९ कात्तिकमा मुद्दा चलाएको थियो ।

मंगलबार बिहानैबाट सुरु भएको बहसमा साँझसम्म नसकिएप्छि बुधबारका लागि हेर्दाहेदैृमा राखिएको हो । उच्च अदालतले सन्दीपलाई सफाई दिएमा उनले टी–२० वर्ल्डकप खेल्न पाउनेछन् । जिल्ला अदालतकै फैसला सदर भएमा उनले ८ वर्ष जेल सजाय बिताउनुपर्नेछ भने उच्च अदालतले पीडित बालिग रहेको ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाएर नाबालिग ठहर गरेमा उनी कम्तीमा १२ वर्ष जेलमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?