राष्ट्रिय सभाबाट पारित हुन सकेन ‘धन्यवाद प्रस्ताव’

लोकपथ
49
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

आज अपराह्न बसेको राष्ट्रियसभा बैठकमा सहकारी रकम अपचलन गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा धन्यवाद प्रस्ताव प्रस्तुत गर्न सकेनन् ।
आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलाई धन्यवाद दिन ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।

तर, कांग्रेसको अवरोधका कारण उक्त प्रस्ताप बैठकमा पेस हुनै सकेन । राष्ट्रिय सभाको अर्को यही जेठ ३ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?