सन्दीप लामिछाने नहुँदा क्रिकेट टोली मनोवैज्ञानिक दबाबमा छ : पाठक

लोकपथ
175
Shares


काठमाडौं । सन् २०१४ पछि पहिलो पटक विश्वकप क्रिकेट खेल्न नेपाली टोली अमेरिकामा छ । आउँदो जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौं संस्करणको प्रतियोगितामा नेपालसहित २० टोलीको सहभागिता रहने छ ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा विश्व चर्चित खेलाडीहरु आबद्ध दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश लगायतका टोलीहरुसँग छ । नेपाली क्रिकेट प्रशंसक र दर्शकहरु नेपाली टोलीले कस्तो खेल खेल्छ भन्ने चासोका साथ हेरिरहेका छन् ।

नेपाली क्रिकेट टोली अमेरिकामा विश्वकपको तयारीमा अभ्यस्त भइरहँदा यहाँ अदालतमा विचाराधीन नेपाल क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दालाई लिएर सडक र सामाजिक सञ्जालहरुमा चर्को आवाजहरु उठिरहेका छन् । अदालतमा विचाराधीन मुद्दा ‘मिडिया ट्रायल’ हुने सक्ने आकलन पनि भइरहेका छन् ।

एकातिर नेपाल क्रिकेट संघ ९क्यान०कै पदाधिकारीहरु क्यानको कार्यसमिति पारदर्शी नभएको भन्दै आवाज उठाइरहेका छन् । विश्वकप तयारीका लागि नेपाल सरकारले पाँच करोड रुपैयाँ निकासा गरेको भए पनि क्यानले अमेरिकामा विभिन्न कार्यक्रमहरु गर्दै नेपाली क्रिकेट समर्थकहरुबाट पैसा उठाइरहेको क्यानका कार्यसमिति सदस्य दुर्गाराज पाठक बताउँछन् ।

नेपाली क्रिकेटको उत्थानका लागि सहयोगीहरुबाट सहयोग आइरहेको भए पनि क्यानका केही पदाधिकारीहरुको अपारदर्शी गतिविधिका कारण समस्या आउनसक्ने उनको भनाइ छ ।

‘कसैले पनि नेपाली क्रिकेटलाई सहयोग गर्न चाहनुभयो भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । केही समय अगाडि हाम्रो सचिवज्यूले पनि अमेरिकाको भ्रमण सकेर आउनु भएको छ । त्यहाँ विभिन्न ठाउँमा कार्यक्रम गरेर कति रकम उठ्यो हिसाब त बुझाउनुहोला । त्यसको वास्तविक रिपोर्ट अहिलेसम्म आइसकेको छैन । सहयोग गर्ने कोही भए क्रिकेटमा जोड्नुपर्छ भन्ने हो तर त्यो पारदर्शी हुनुपर्यो,’ उनले भने ।

क्रिकेट टोलीको बिदाइ गरेपछि विश्वकपको तयारीका लागि भन्दै बोर्ड बैठक बसेका कारण आफूले बहिष्कार गरेको उनले बताए ।

नेपाली क्रिकेट एक वर्ष पहिलेको जस्तो नभएको उल्लेख गर्दै उनले क्यानको आम्दानी बढे पनि आयव्यय सार्वजनिक नगर्दा संस्थाको नेतृत्वमाथि शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको बताए ।

उनी भन्छन्, ‘केही समय अघिदेखि केही कुरामा मेरो व्यक्तिगत रुपमा असन्त्ुष्टि थियो । नेपाल क्रिकेट संघ नाफामा गइरहेको छ । राम्रो फन्ड कलेक्सन गरिरहेको अवस्थाका यसको आयव्यय सार्वजनिक गर्नुपर्ने मेरो माग हो । हिसाबकिताब पारदर्शी हुनुपर्छ भन्ने हो । कम्तिमा ६ महिना, वर्षदिनको अवधिमा एकपटक त हिसाबकिताब सार्वजनिक गर्नुपर्ने हो । त्यसो किन गरिँदैन भन्ने मेरो माग हो ।’

तपाईलाई क्रिकेट विरोधी पनि भन्छन् नि रु व्यक्तिगत टसल कोसँग हो तपाईँको रु भन्ने प्रश्नमा उनी भन्छन्,‘तपाईले भनेजस्तै धेरैले मलाई क्रिकेट विरोधी भन्छन् । सन् २०१४ को विश्वकपपछि नेपाली क्रिकेटले एक प्रकारको छलाङ मार्नुपर्ने थियो, त्यो भएन । सभा, विशेष साधारण सभाको नाममा चरम अनियमितता भएकाले तत्कालिन कार्यसमिति निलम्बन गर्नुपरेको इतिहास छ । म अहिले अब फेरि त्यस्तो हुन नदिने पक्षमा छु । म क्रिकेट संघ जोगाउने पक्षमा हो । विरोधी होइन । बल्लतल्ल लयमा आएको क्रिकेटलाई डुब्न नदिने मेरो चाहना हो ।’

क्यान संस्थागत नभइ व्यक्तिगत रुपमा चलिरहेको उल्लेख गर्दै उनले यसरी नेपाली क्रिकेटले लय छाड्न गए क्रिकेटको भविष्य अन्धकार हुने उल्लेख गरे ।आफूले क्यानभित्र भइरहेको लापर्बाही र अनियमितताका विषय उठाउँदा केही पदाधिकारीहरुले धम्याउने गरेको पाठकले बताए ।

उनी भन्छन्, ‘जर्सीका विषयमा पारदर्शिता गर्न नसकेको र एकलौटी निर्णय गरेका विषयमा कुरा राख्दा राजीनामा दिन धम्कीहरु आए । प्रश्न उठेका ठाउँहरु गोलमटोल जबाफ दिएर भाग्ने कामहरु हुन्छन् । यसो नगर्न भन्दा समस्या कहाँ हो त किन यस्तो भइरहेको छ रु मैले प्रश्न पनि राख्न नपाउनु ?’ नेपाली क्रिकेटको हितका लागि निरन्तर बोलिरहेको भए पनि आफूप्रति अन्याय भइरहेको उनको गुनासो छ ।

नीतिगत क्षलफल गर्नबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्द भागिरहेको भन्दै उनले भने, ‘क्यानको अध्यक्षज्यू नै भागिरहनुभएको छ । कार्यसमितिमा अध्यक्ष नै हावी नभइसकेपछि अन्य संस्था हावी हुँदा संस्था चल्न सकिरहेको छैन । अध्यक्षले जसरी सबैलाई मिलाएर लानुपर्ने थियो, त्यस्तो भइरहेको छैन । अध्यक्षज्यूको लिडरसिप कमजोर हुँदा क्रिकेट डुब्ने चिन्ता हो मेरो । कसैसँग व्यक्तिगत रुपमा चिन्ता र चासो होइन ।’
विश्वकपमा नेपालबाट अपेक्षा
कार्यसमिति सदस्य पाठकले विश्वकप खेल्ने टोलीलाई त्यहाँको पिचमा राम्रोसँग तयारी गरोस् भनेर एक महिना अगाडि नै अमेरिका पठाएको उल्लेख गर्दै विश्वकपमा नेपाली टोलीको प्रदर्शन कस्तो रहन्छ भन्नेमा आम चासो र चिन्ता रहेको बताए ।
टी–२० क्रिकेटको फम्र्याट नै अनिश्चित भएको भन्दै उनले नेपालका एक–दुई खेलाडीले राम्रो गर्नसके विश्वकपमा अपेक्षित नतिजा निकाल्न सक्ने बताए ।

उनी भन्छन्, ‘जहाँसम्म तपाइँले भनेको कुरामा विश्वकप खेल्ने टोलीहरु कोहीभन्दा कोही कम छैनन् । हामीले कसैलाई त्यतिधेरै कमजोर र कसैलाई बलियो रुपमा हेरेका छैनौं । तपाइँले भनेको कुरा मैंले पनि सामाजिक सञ्जालहरुमा देखेका हुँ । तर हामीले लामो समयदेखि क्रिकेट खेल्दै आएका छौं । लिग–२, नेदरल्याण्डस्, वेस्ट इन्डिजसँग खेलेका छौं । त्यहाँ जति पनि टोलीहरु छन् कमजोर छैनन् । हेरौं हाम्रा खेलाडीहरुले कस्तो प्रदर्शन गर्नुहुनेछ । हामीले गुमाउनुपर्ने कुरा केही नभएकाले पनि खेलाडी र सिंगो क्यानने आत्मविश्वास लिनुपर्ने अवस्था छ । राम्रो क्रिकेट खेल्न सकियो भने हामी जुनसुकै टिमलाई पनि हराउन सक्छौं । टी–फम्र्याट नै यस्तो छ कि टोलीको एक–दुई खेलाडीले राम्रो क्रिकेट खेलिदिए भने खेल हाम्रो पोल्टामा आउनसक्छ ।’

सन्दिप नहुँदा नेपाली टोलीलाई मनोवैज्ञानिक दबाब
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेका चर्चित क्रिकेटर सन्दीप लामिछाने टोलीमा छैनन् । उनको रिक्ततामा नेपाली टोली मनोवैज्ञानिक दबाबमा रहेको पाठकले बताए ।
सन्दीप टोलीमा भए नेपालले ढुक्कसँग खेल्ने स्थिति हुने भएकाले पनि उनी नहुँदा विपक्षी टोलीलाई फाइदा हुने पाठकले बताए ।
उनी भन्छन्,‘जहाँसम्म केही खेलाडीको चाहना थियो सन्दीप लामिछानेले विश्वकप खेलुन् । उनी नहुँदा नेपाली टोलीलाई दबाबमा हुने र विपक्षीलाई फाइदा हुन्छ नै ।’ उच्च अदालत पाटनमा सुनुवाइ जारी रहेकाले उनले क्लिन चिट पाएको अवस्थामा विश्वकपका लागि आइसीसीसँग पहल गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?