घरमा आगो लाग्दा परिवारै विस्थापित, ११ वर्षिय बालकको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६ मेहेलपानी चित्रेटोला निवासी जङ्ग बहादुर बिकको घरमा आगो लागि हुँदा उनका ११ बर्षिय छोरा नारायण बिकको ज्यान गएको छ ।

हिडडुल गर्न नसक्ने छोरा  घरभित्र बसेको बेला एक्कासी बिधुत शर्ट भई लागेको आगोको हुर्कीमा आफुले छोरालाई बचाउने प्रयास गर्दा पनि नसकिएको मृतकका बाबु जङ्ग बहादुर बि.क.ले बताए ।

आगलागीबाट घरभित्र रहेका अन्नवाली, लत्ताकपडा नष्ट हुदा करीव १२ लाख बरावरको क्षती भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण बाहिर गएपछि समयमै गाँउलेले आगो नियन्त्रण गर्न नसक्दा मानबिय क्षेति  सहित ठूलो धनमालको क्षेति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?