धुलो मुक्त बन्दै काठमाडौं उपत्यका (फोटोफिचर)

काठमाडौं । के धुलो–धुवाँले तपाईँको शहरी जीवनलाई सकसपूर्ण बनाए छ ? अब चिन्ता नगर्नुहोस किनकी काठमाडौं महानगरपालिकाले उपत्यकामा धुँवा नियन्त्रण गर्नको लागि नयाँ प्रविधि अपनाएको छ । 

उपत्यकामा धुलोका कारण प्रदूषण अत्यधिक बढेको भन्दै काठमाडौं महानगरपालिकाले सडक सफा गर्न थालेको छ । सडकमा उड्ने धुलोले विभिन्न स्वास्थ्य समस्या निम्तिएको गुनासो बढेपछि महानगरले यो काम थालेको हो । 

काठमाडौं महानगरपालिकाले उपत्यकाको धुलो–धुवाँ नियन्त्रण गर्न असफल देखिएको भन्दै टिकाटिप्णी भइरहेको बेला एका बिहानै महानगरले रत्नपार्कदेखि जमलको सडकमा पानीले हालेको छ । 

उपत्यकाको धुलो नियन्त्रण अनिवार्य रूपमा पानी हाल्ने काठमाडौं महानगरका एकजना कर्मचारीले जानकारी दिएका छन् । 

यात्रुहरु भने दैनिक धुलोका कारण सास्ती खेप्न बाध्य भएका कारण महानगरले यो अभियान शुरु गरेको हो । महानगरले बिहान ९ बजेसम्म मेलम्चीले नखनेका सडकहरुमा पानी हाल्दै आएको छ । 

हुन त काठमाडौं उपत्यकालाई धुलो मुक्त गराउने अभियान काठमाडौं महानगरपालिकाले धेरै पहिला देखिनै सञ्चालनमा ल्याएको भएपनि निरन्तरता भने पाएको थिएन । 

विदेशी भिआइपीको आगमानमन मात्र सफा हुने गरेको काठमाडौं उपत्यका अहिले दिनदिनै धुलो मुक्त हुँदै गएको छ । 

अलगअलग रूपमा रातिको समयमा पनि सरसफाइ अभियान सञ्चालन गर्दै आएकाले अव सामूहिक प्रयत्नबाट काठमाडौं सफा र सुन्दर हुने काठमाडौं नगरपालिकाका कर्मचारी मचाराजा महर्जनले बताए । 

 उपत्यकाको धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिका  जेट प्रयोग गर्दै आएको छ भने पछिल्लो दिनमा काठमाडौं नगरपालिकाले ब्रुमरको पनि राम्रो सदुपयोग गरेको पाइन्छ । 

तस्वीर: गोविन्द गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?