दोलखा-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहबाट सिफारिस भएका भूकम्प पीडितहरुलाई लाभग्राही कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउने बताएका छन् ।
पुनर्निर्माण सम्बन्धी दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा उहाँले यसअघिको सर्वेक्षणमा छुट भएका भूकम्प पीडितको पुन: सर्वेक्षण गर्ने र सम्बन्धित वडा तथा स्थानीय तहको सिफारिसमा लाभग्राही गरेर सबै गुनासाका सम्बोधन गर्ने बताएका हुन् ।
'सम्बन्धित स्थानीय तहमा रहेका इन्जिनियरबाट पुन: सर्वेक्षण गर्ने, वडाले सिफारिस गर्ने र त्यसपछि स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सिफारिस गरे हामी लाभग्राही कायम गर्छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भने-'तर आफ्ना कार्यकर्ता र नातेदार हुँदैमा भने सिफारिस नगर्नु होला ।'
भूकम्प पीडित जनताको समस्या समाधानका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्राधिकरण सधै तयार रहेको भन्दै उहाँले झुठ्ठा विवरणबाट जोगिन जनप्रतिनिधिहरुलाई आग्रह गरे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने-'सरकारको पैसा हो भनेर दुरुपयोग गर्ने प्रवृतिलाई रोक्नका लागि जनप्रतिनिधिहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।'
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले एकीकृत घर जग्गाको स्पष्ट विवरण नहुँदा अर्को ठाउँमा घर भए/नभएको पहिचान गर्न समस्या भएको भन्दै नागरिक पनि जिम्मेवार हुनु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया