पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । निगमले आज (सोमवार) देखि लागू हुने गरी पेट्रोल, मट्टितेल र डिजेलमा मूल्य घटाएको हो ।

भारतीय आयल निगम (आइओसी) ले पहिले नै मूल्य समायोजन गर्न मिल्ने सूची पठाए पनि निगमले मूल्य घटाएको थिएन ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले नयाँ मूल्य सोमबारदेखि नै लागू हुने बताए ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १ सय १२, डिजेल र मट्टितेलको ९९ रुपैयाँ छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने तलमाथि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?