१८ वर्षभन्दा कम उमेरका बालकालिकालाई मनोरञ्जन क्षेत्रमा प्रवेश रोक

काठमाडौं । काठमाडौं उपत्यकामा १८ वर्षभन्दा कम उमेरका बालकालिकालाई डिस्को, दोहोरी साँझ, लाउन्ज बार लगायतका मनोरञ्जन क्षेत्रमा प्रदेश रोक लगाएको छ । 

प्रहरीले बालकालिकासम्बन्धी ऐन २०७५ लाई कडाइका साथ लागू गर्न शुरु गरेपछि १८ वर्षभन्दा कम उमेरका बालकालिकालाई मनोरञ्जनस्थल (डिस्को, पब, दोहोरी साँझ, लाउन्ज बार) मा प्रतिवन्ध लगाएको हो । 

यदी नयाँ नियम जबर्जस्ती गरे बालबालिकासम्बन्धी ऐन २०७५, परिच्छेद ८, दफा ६६ को उपदफा ‘ख’ उल्लंघन गरेको मानिने प्रहरीले जनाएको छ । 

कानून उल्लंघन गरेको प्रमाणित भए कसुरदारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । 

डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रूपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । 

सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरूलाई प्रवेश गर्न दिने छन् । यदी सञ्चालकले कानून उल्लंघन गरि १८ वर्षभन्दा कम उमेरका बालकालिकालाई छिराए प्रहरीले पक्राउ गरी कानूनबमोजिम कारबाही गर्ने एसएसपी लामाले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?