विवादास्पद संस्थाले प्रधानमन्त्रीलाई दियो एक लाख डलरको पुरस्कार

काठमाडौं–युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

स्मरण रहोस् सो संस्थाले काठमाडौंमा गरेको  एसिया प्यासिफिक सम्मेलन– २०१८ विवादमा तानिएको छ ।

सोही संस्थाले नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरेको हो । पुरस्कारको राशी एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?