विराटनगरको किराना पसलमा आगलागी,  तीन लाख बराबर क्षति

विराटनगर ।  विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब  तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट भएको छ । पसलसँगै रहेको मोटर ग्यारेजको एउटा गाडीको आधा भाग जलेको छ । आगलागी कसरी भयो थाहा पाउन सकिएको छैन । विराटनगर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?