पाल्पा । पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ ।
बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।
बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन छ घण्टा नै रोकिनेछन् । सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताए।
दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक बाह्रै महीना जोखिममा चालक सवारी चलाउन बाध्य छन् । स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउद तथा वर्षायाममा पहिरो खस्दै आएको छ । ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन । यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया