शौचालयमा बच्चा जन्माई घाँटी थिचेर हत्या

इलाम –नवजात शिशुलाई जन्म दिएर हत्या गरी फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको घरमा पाहुना लाग्न गएकी
सूर्योदय नगरपालिका –९ स्थायी घर भएकी सावित्रा मुखिया  सुनुवारले बच्चा जन्माएर हत्या गरी बाटोमा फालेकी थिइन् ।

सुमित्राले राति शौचालयमा बच्चा जन्माई बच्चाको घाँटी थिचेर हत्या गरेर पाहुना लागेको घरनजिकैको बाटोमा फालेकी थिइन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?