नेपाल आइडलबाट बाहिरिए पवन गिरी, जजदेखि सहभागिसम्म सबै भावुक

काठमाडौं–  चर्चित गायन  रियालीटी सो नेपाल आइडलबाट पवन गिरी बाहिरिएका छन् ।

प्रतियोगिताबाट बाहिरिएका दाेलखाका उनी आज उत्कृष्ट प्रस्तुति दिएको भन्दै ‘पर्फमर अफ द डे’ घोषित भए । तर अन्य प्रतिस्पर्धीको तुलनामा कम मत आएपछि उनी मञ्च छाड्न बाध्य भए ।

अब नेपाल आइडलमा सुमित पाठक, रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी र अमित बरालबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताबाट पवन बाहिरिँदा जज, सहभागि र अन्य प्रतियोगी भावुक बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?