नुवाकोट– नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई मैथली तालिम केन्द्र बट्टार, नुवाकोटका सैनिक जवानहरुले दुर्व्यवहार गरेका छन् ।
बिहिबार दिउँसो सेनाका जवानहरुले बीच सडकमै खनालद्वयलाई दुर्व्यवहार गरेका हुन् ।
बिदुरबाट बट्टारतर्फ जाँदै गरेका सचिव खनाललाई तालिम केन्द्रको गेटमा बसेका सेनाहरुले भनेको ठाउँमा मोटरसाइकल नरोकेको भन्दै सडकमै अपशब्द गरी गाली गर्दै ‘ठीक पार्ने धम्की दिएको अध्यक्ष खनालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खनालमाथि सैनिक जवानबाट दुर्व्यवहार भएको जानकारी पाएपछि घटनास्थल पुगेका अध्यक्ष खनाललाई पनि सेनाका जवानहरुले फोटो र भिडियो खिचेको भन्दै बीच सडकमै लछारपछार गर्दै क्यामरा जफत गरी दुबै जनालाई केहीबेर नियन्त्रणमा लिने लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा घटनाप्रति सेनाले मागी माग्दै भविष्यमा यस्ता घटना नदोहोरिने सार्वजनिक प्रतिबद्धतासहित दोषी सैनिक जवानमाथि कारबाहीको माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया