काठमाडौं । एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न र सवारी चापका कारण विदेशी पाहुनालाई आवतजावतमा सहज होस् भनेर लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ ।
यही मंसिर १३ गते बिहीवारदेखि १६ गतेसम्म सवारी साधनमा लगाईको जोरबिजोर प्रणाली आज (शुक्रवार) बिहान ११ः३० देखि हटाइने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहीबारबाट ४ दिन जोर–बिजोर प्रणाली लागू भएसँगै सर्वसाधारणले सास्ती झेल्नुपरेको थियो । यसको चौतर्फी विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया