काठमाडौं । काठमाडौंको थानकोटबाट प्रहरीले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रगिरि नगरपालिका–७ थानकोटबाट ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
वि आर १ एच ६९०८ नम्बरको भारतीय कार जाँचका क्रममा लागूऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीवार राति पक्राउ गरेको हो ।
सो कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएको महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया