काठमाडौं–सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।
प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया