‘जब मैले कसैको हत्या गर्छु मैले त्यसबाट केही सिकेको हुन्छु । मैले मृत शरीरलाई कहिल्यै पनि याद गर्दिन’ यो कुरा कुख्यात सिरियल किलर चार्ल्स शोभराजले एक अन्तर्वार्तामा भनेका थिए ।
चार्ल्स शोभराज सर्वोच्च अदालतको आदेशमा रिहा भएपछि उनको जन्मस्थल फ्रान्स पुगिसकेका छन् । जेलबाट रिहा हुनेबित्तिकै चेतावनीको भाषामा चार्ल्सले भने- ‘अझै मैले धेरै काम गर्न बाँकी छ । सबैभन्दा पहिले नेपाल सरकार र धेरै जनतालाई मुद्दा हाल्छु ।’

१९७५ र १९८० को बीच, बिकिनी किलर भनेर चिनिएका चार्ल्सले थाइल्याण्ड, भारत, नेपाल, अफगानिस्तान, इरान र हङकङ जस्ता देशमा २० जनाभन्दा बढी मानिसको हत्या गरेको आरोप लगाइएको थियो । मिडिया रिपोर्टका अनुसार उनले थाइल्याण्डमा सबैभन्दा बढी १४ जनाको हत्या गरेका थिए ।
तीन जना महिला भने सधैं उनको अपराधको पक्षमा उभिएका थिए । यी तीन महिला को हुन् र उनीहरुले चार्ल्सले गरेको अपराधका पक्षमा किन बोलिरहे ?
पहिले, चार्ल्सको सबैभन्दा वफादार र कथित प्रेमिका मैरी एन्ड्री लेकारीको बारेमा कुरा गरौं । चार्ल्स र मेरीले मिलेर थाइल्याण्ड, भारत र नेपालमा ९ जनाभन्दा बढीको हत्या गरेका थिए । पेशाले नर्स मेरी क्यानडाकी थिइन् ।

कसरी भयो भेट ?
मेरी र चार्ल्सको सम्बन्ध भारतको कश्मीरबाट शुरु भएको हो । यी दुईको भेटको कथा निकै रोचक छ । मेरी आफ्नो पूर्वप्रेमीसँगको सम्बन्धबाट चिन्तित भएर केही समय रिफ्रेसमेन्टका लागि क्यानडाबाट कश्मीर आएकी थिइन् । यहाँ उनले एलन गेथियर नामक फोटो पत्रकारलाई भेटिन् ।
मेरीलाई उक्त फोटो पत्रकारसँग प्रेम भयो । उनीहरुबीचको प्रेम यति गाढा भयो कि केही दिनमै मेरीले सबैकुरा छाडेर सन् १९७५ जुनमा फोटो पत्रकारसँग थाइल्याण्ड पुगिन् । त्यहाँ उनले थाहा पाइन् कि कश्मीरमा हातमा क्यामेरा लिएर उनको पछि लाग्ने व्यक्ति अरु कोही नभएर चार्ल्स शोभराज थिए ।
उनीहरूले दुई महिनामा थाइल्यान्डमा पाँच जनाको हत्या गरेका थिए । उनीहरू प्रेममा परेको दुई महिनापछि मात्रै चार्ल्सले मेरीलाई आफ्नो दिमागमा चलिरहेको खेलका बारेमा बताएका थिए । यसपछि मेरीले चार्ल्सको हरेक घटनामासाथ दिन थालिन् । शुरुमा दुबैले थाइल्याण्ड आउने पर्यटकलाई लागु औषध बेच्ने गर्थे ।
यसैबीच, अक्टोबर १५ मा थाइल्याण्ड प्रहरीले पट्टाया शहरमा टेरेसा नोल्टन नामकी अमेरिकी महिलाको शव फेला पारेको थियो । शवलाई फूलको बिकिनीले छोपिएको थियो । प्रहरीले त्यसलाई आत्महत्या मानेको भएपनि पछि हत्या भएको पुष्टि भयो ।
प्रहरीले उक्त घटनालाई बिकिनी मर्डर केसको नाम दिएको थियो । घटनाको अनुसन्धान भइरहेकै बेला डिसेम्बरको शुरुमा प्रहरीले पटाया सहरको रिसोर्ट सडकमा टर्की मूलका भिटाली हाकिमको शव फेला पारेको थियो । उक्त शवको शरीर लगभग जलेको थियो । त्यसको केही दिनपछि डिसेम्बर १६ मा नेदरल्याण्ड्सको दम्पती कर्नेलिया हेम्के र उनकी प्रेमिका हेन्क बिन्टान्जाको शव पटाया शहरमा फेला परेको थियो ।

पक्राउ पुर्जी जारी हुनुअघि नै दुवै फरार
उनीहरुविरुद्ध थाइल्याण्ड प्रहरीले पक्राउ पुर्जी जारी गर्नु अघि नै फरार भए । उक्त समय थाइल्याण्डमा हत्याको श्रृंखला नै चलेको थियो । हत्याराको सुराग पनि फेला नपरेकाले प्रहरी चिन्तित थिए । यसैबीच प्रहरीले अर्को शव पनि फेला पार्यो । अनुसन्धानमा यो शव विटालीकी प्रेमिकाको भएको पाइयो । प्रहरीले अनुसन्धानका आधारमा चार्ल्सविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि त्यसअघि नै चार्ल्स र मेरी नेदरल्यान्ड्स दम्पतीको राहदानी प्रयोग गरेर नेपाल आएका थिए ।
नेपाल आइपुग्ने बित्तिकै उनीहरु दुबैले क्यानाडाली लौरेन्ट क्यारियर र अमेरिकी कोनी ब्रोन्जिकको हत्या गरे । र उनीहरुको राहदानी प्रयोग गरेर उनीहरु फेरी भारत गए । त्यसपछि भारत पुगेर शोभराजले एक इजरायली विद्वान एवोनी जेकबको हत्या गरी उनको राहदानी प्रयोग गरी मलेसिया पुगेका थिए ।
केही समयपछि उनीहरु दुवै जना भारतको मुम्बई फर्किए । मुम्बई फर्किएपछि चार्ल्सले फेरी एक फ्रान्सेली पर्यटक लुक सलोमनलाई नशालु पदार्थ खुवाएर हत्या गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार मेरी र चार्ल्सले विभिन्न देशमा ९ जनाभन्दा बढीको हत्या गरेका थिए । चार्ल्सलाई सालोमन हत्याको मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको थियो । तर मेरीले अदालतमा यसको विरोध गरिन् । मेरीले उनलाई बचाउनका लागि अदालतमा शोभराज निर्दोष रहेको बताइन् । सोही समयमा, याकूब हत्याकाण्डमा पनि चार्ल्सलाई प्रमाणको अभावमा रिहा गरियो ।
यो पनि पढ्नुहोस् : कुख्यात अपराधी शोभराजको रिहाइले मच्चाएको सनसनी
जीवनको अन्तिम समयमा मेरीले भनिन्-‘म चार्ल्सको शिकार भएँ’
मेरीलाई यस मामिलामा १२ वर्षको सजायँ सुनाइएको थियो । पछि उनी प्यारोलमा रिहा भइन् । यसैबीच उनी क्यान्सरबाट पीडित भएको कुरा बाहिर आयो । उनलाई उपचारका लागि क्यानडा फर्कने अनुमति दिइएको थियो । उनले आफ्नो पक्ष राख्दै ‘जे राभियन्स’ नामक पुस्तक नै लेखिन् । यसमा उनले चार्ल्ससँग प्रेममा रहेको कुरालाई अस्वीकार गर्दै ‘म चार्ल्सको षड्यन्त्रको शिकार भएँ’ लेखेकी छन् ।
मेरीभन्दा पहिले पत्नीको साथ
अपराधका श्रृंखलामा चार्ल्सलाई उनकी पत्नी चान्टल कम्पागनले पनि साथ दिएकी थिइन् । चार्ल्स र चान्टलले सन् १९७० मा विवाह गरेका थिए । त्यसपछि दुबै फ्रान्सबाट एसिया आए । त्यसपछि दिल्लीमा उनीहरु एक होटलमा बस्दथे । सोही क्रममा एक गहना पसल लुट्ने क्रममा चार्ल्स जेल परे ।
त्यसपछि सन् १९७१ नोभेम्बर १ मा पासपोर्ट बिना यात्रा गरेको अभियोगमा पुनः पक्राउ परे । यस क्रममा उनकी श्रीमती चान्टलले चार्ल्सलाई प्रहरीबाट उम्कन मद्दत गरिन् ।

‘द लाइफ एन्ड क्राइम्स अफ चार्ल्स’ नामक पुस्तकका अनुसार जेलमा भर्ना भएपछि चार्ल्सले एपेन्डिक्सको बहाना बनाएका थिए । त्यसपछि उनलाई दिल्लीको वेलिंग्टन अस्पतालमा भर्ना गरिएको थियो । चतुर हुनुका साथै चार्ल्स हिन्दी, फ्रेन्च, अंग्रेजी र भियतनामी भाषाहरू पनि राम्ररी बोल्थे।
जब चान्टलले चार्ल्सलाई अस्पतालमा भेट्न गइन्, उनले चार्ल्सलाई ‘डार्लिंग, तपाईं आज राती यी पुलिसहरूसँग तास खेल्नुहोस्, तिनीहरूलाई व्यस्त राख्नुहोस् ।’ दुबैको कुरा सुनेपछि छेउमा बसेका सिख गार्डले चार्ल्सलाई फ्रेन्चमा कुरा नगर्न आग्रह गरेका थिए । त्यसपछि चार्ल्सले अङ्ग्रेजीमा ‘के म मेरी श्रीमतीलाई शुभ रात्री पनि भन्न पाउँदिन’ भन्दै जवाफ फर्काएका थिए ।
त्यसपछि उनले ड्युटीमा रहेका सिपाहीहरूलाई ‘आज मलाई डाक्टरले निद्राको चक्की दिएका छैनन्, म सुत्न सकिरहेको छैन के तपाइ बत्ति निभाउन सक्नुहुन्छ ?’ भन्दै आग्रह गरे । त्यसपछि सिपाहीहरूले उनको आग्रहलाई स्वीकार गरे । र छेउको कोठामा सिपाहीहरूसँग ताश खेल्न थाले । २० मिनेटपछि सिपाहीहरूले कोठाको बत्ती बाल्दा चार्ल्स त्यहाँ थिएनन् ।
जेलबाट फरार भएपछि चार्ल्स र उनकी श्रीमती त्यहाँबाट ग्रीस पुगे । त्यसपछि उनीहरु काबुल भागेका थिए । काबुलमा चार्ल्स र उनकी श्रीमतीले धेरै पर्यटकलाई लुट्ने गर्दथे । त्यसक्रममा पक्राउ परेका उनी रिहाई पछि इरान भागे र चान्टल फ्रान्स फर्किइन् । त्यसपछि दुबैको भेट भएन । यद्यपि, २००२ मा चार्ल्सको गिरफ्तारी पछि, चान्टलले उनको सजायँविरुद्ध अपील गरेकी थिइन् ।
दोस्रो श्रीमती निहिता विश्वास
पहिलो श्रीमती चान्टल कम्पागन, प्रेमीका मरीले जस्तै चार्ल्सलाई उनकी दोस्रो श्रीमती निहिता विश्वासले पनि साथ दिइन् ।
निहिता विश्वासको चार्ल्स निर्दोष भएको विश्वास छ । १४ वर्षअघि चार्ल्स काठमाडौंको केन्द्रीय कारागारमा सजायँ काटिरहेका थिए । यसैबीच सन् २००८ मा उनको भेट नेपाली युवती निहिता विश्वाससँग भयो । त्यतिबेला निहिता २१ वर्षकी थिइन् र चार्ल्स ६४ वर्षका ।

निहिता पेशाले मानवअधिकारकर्मी हुन् । उनी जेलमा चार्ल्सका लागि अनुवादकको रूपमा काम गरिरहेकी थिइन् । यसैबीच, उनी चार्ल्सको व्यक्तित्वबाट यति प्रभावित भइन् कि उनलाई शोभराजसँग प्रेम भयो । दुबैले जेलमै बिहे गरे । विश्वासका अनुसार, चार्ल्स निर्दोष छन् र उनलाई अनुसन्धान एजेन्सीहरूले फसाएका हुन् । निहिता हालै भारतीय टिभि शो बिग बोस सिजन ५ मा सहभागी भएपछि चर्चामा आएकी थिइन् । बिग बोसको सिजनमा देखिने उनी पहिलो नेपाली महिला पनि थिइन् ।
यो त थियो तीन महिलाको कुरा जसले चार्ल्सलाई अपराध स्थलदेखि जेलको कोठरीसम्म समर्थन गरेका थिए । तर, के तपाईलाई थाहा छ चार्ल्स कसरी अपराधको दुनियाँमा प्रवेश गरे र उनले किन एसियाली देशका पर्यटकलाई आफ्नो शिकार बनाउँथे ?
बाल्यकालमा बुबाले छाडेर गएपछि चार्ल्सलाई अपराधको दुनियाँले तान्यो । चार्ल्स शोभराजको पूरा नाम हातचन्द भावनानी गुरुमुख चार्ल्स हो । चार्ल्सको जन्म ६ अप्रिल १९४४ मा भएको थियो । उनको जन्म हुँदासम्म पनि उनका आमा बाबुले विवाह गरेका थिएनन् । चार्ल्सको बाल्यकालमा नै उनका आमा बाबु अलग भएका थिए ।
यसपछि उनलाई मानसिक रुपमा केही असर पर्यो। त्यसपछि चार्ल्सकी आमाले पछि फ्रान्सेली प्रेमीसँग विवाह गरिन् । तर चार्ल्स आफ्नो मानसिकतामा परेको चोटबाट बाहिर आउन सकेनन् र विस्तारै अपराधको संसारमा प्रवेश गर्न थाले ।
१९ वर्षको उमेरमा पहिलो पटक चार्ल्स रेसिडेन्टर एरियामा झडप गरेको आरोपमा जेल परेका थिए । यहाँ उनले फेलिक्स डीस्कोग्ने नामक एक केटालाई भेटे । अदालतबाट जमानत पाएपछि फेलिक्सले उनलाई अन्डरवर्ल्डसँग जोडिएका व्यक्तिहरूसँग चिनाइ दिए र यहीँबाट चार्ल्सको अपराधी बन्ने यात्रा शुरु भयो ।
चार्ल्सले एसियाली देशमा घुम्न जाने युवतीको हत्या गर्थे । चार्ल्सले युरोप र दक्षिण एसियाका देशहरुमा घुम्न जाने महिलाको हत्या गर्ने गर्थे । यी देशमा कडा कानुन नभएकाले जेलबाट सजिलै छुट्ने उनको विश्वास थियो । चार्ल्सले आफ्नो आकर्षक व्यक्तित्व र महँगो जीवनशैली देखाएर केटीहरूलाई फसाउने, लुट्ने र त्यसपछि हत्या गर्ने गर्दथे ।
यो छुटाउनुभयो की ? : नेपाल फेरि एक पटक अन्तर्राष्ट्रिय एरिनामा : कारण बने चार्ल्स शोभराज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया