काठमाडौं। संघीय ढाचाअनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बहुप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषद्को विधेयक समितिले स्वीकृत गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
बिहीबार बसेको विधेयक समितिले व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेशलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।
अध्यादेशलाई आज शुक्रबार मन्त्रिपरिषद्मा पेस गरिनेछ । आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराई समायोजन प्रक्रिया थाल्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया