काठमाडौँ । योगमाया न्यौपानेले भृकुटीमण्डपमा बस कुरेको आधा घण्टा भइसकेको थियो । बस आएको थिएन । जेनतेन बस आयो । तर यति प्याक आयो कि थियो कि, उनी चढ्न खोज्दाखोज्दै बस भरियो र कुदिहाल्यो । उनी खुइय गर्दै अर्को बस कुर्न बाध्य भइन् । उनी मात्र थिइनन्, त्यसरी सवारी कुर्नेको मुख्य स्टेसनहरुमा ठूलै भीड थियो ।

यो दृश्य काठमाडौंमा सार्वजनिक बस चढ्नेका लागि ताजा दृश्य त होइन । तर यात्रुले यस्तो दृश्य प्राय ‘अफिस टाइम’ मात्र खेप्नुपरेको थियो । तर, यतिबेला भने शुक्रवारबाट शुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि विदेशी पाहुना नेपाल आउने भएपछि सरकारले काठमाडौंमा सवारी साधनलाई जोर र विजोर प्रणाली लागू गरेको थियो ।
यसै पनि टाढा जान झट्ट खाली सवारी नपाइने काठमाडौंमा जोर विजोर प्रणाली सर्वसाधारणका लागि कष्ट बनेको छ । यो कष्ट काठमाडौंवासीले चार दिनसम्म बेहोर्नुपर्नेछ ।
बाटो त केही खुला भएको छ । तर सर्वसाधारणका लागि भने सवारी नपाएर निकै सास्ती बेहोर्नुपरेको छ । यदि सवारी पाए पनि बसमा झुण्डिएर जानसक्ने अवस्था पनि छैन । काठमाडौं पुरानो बसपार्कबाट यात्रुहरुले आफू जान नपाएर बस कुरिरहेका थिए । बस भने यात्रु धेरै भएर नरोकी कुदाइरहेका थिए ।






तस्वीरहरूः अर्घेलो थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया