काबुल बम आक्रमण अपडेट : १० को मृत्यु, ११ नेपालीसहित २७ जना घाइते

अफगानि राष्ट्रपति अशरफ गनीले तालिवान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा काबुलमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ११ नेपाली नागरिक सहित २७ जना घाइते भएका छन् । 

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशी नागरिक सहित कम्तीमा १० जनाको ज्यान गएको थियो।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपालीसहित ५ ब्रिटिश नागरिक घाइते भएको जनाएको छ । जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको बिबिसीले जनाएको छ।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपालीसहित ५ ब्रिटिश नागरिक घाइते भएको जनाएको छ । अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए। जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको बिबिसीले जनाएको छ।

जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो।

उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?