कारको ठक्करबाट १२ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको सुन्धारमा कारको ठक्करबाट १२ जना घाइते भएका छन् । 

बिहीवार दिउँसो नेपाल एयरलाइन्सको पार्किङ स्थलबाट बाहिर निस्कने क्रममा बा१८च४८७३ नम्बरको निजी कारको ठक्करबाट १२ जना घाइते भएका हुन् । 

कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ । 

कारका चालक भेषराज पौडेलका अनुसार कारको ब्रेक फेल भएर दुर्घटना भएको बताए । 

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेका छन् । 

घाइते सबैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?