काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ४९ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बुधवार दिउँसो अन्तर्राष्ट्रिय उडान तर्फको पार्किङ एरियाबाट नुवाकोट दुईपिपल–३ बस्ने २४ वर्षीय पर्शुराम भण्डारीलाई सुन जस्तो देखिने पहेँलो धातु १ सय ४९ ग्राम संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीलाई सुनसहित आवश्यक अनुसन्धानको लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया