काठमाडौं -नेपाली चेली बन्दना नेपालले लगातार १२६ घण्टा नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । बन्दनाले यसअघिको १२३ घण्टा १५ मिनेटको रेकर्डलाई तोड्दै आफ्नो नाममा विश्व रेकर्ड बनाएकी हुन् ।
गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड केरला, भारतकी कलामण्डलम हेमलथाको नाममा थियो । उनले सन् २०१६ मा लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम लेखाएकी थिइन् । बन्दनाले बुधबार मध्याह्न १२ बजेर १६ मिनेट जाँदा हेमलथाको वल्र्ड रेकर्ड तोडेकी हुन् । वल्र्ड रेकर्ड बनाउने सिलसिलामा उनले शुक्रबार बिहान ९ बजेबाट नृत्य थालेकी थिइन् ।
बन्दनाले हेमलथाको रेकर्ड तोड्दै १२६ घण्टा लगातार नाचेर नयाँ रेकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डसँग अनुमति लिएकी थिइन् । उनले बुधबार दिउँसो ३ बजेर १५ मिनेटसम्म नाच्दै १२६ घण्टाको वल्र्ड रेकर्ड बनाएकी हुन् ।
काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य पाँच रात ६ दिनसम्म चलेको थियो । ६ दिनसम्म भोक, प्यास निन्द्रा नभनी लगातार नाचेर बन्दनाले गिनिज बुक अफ वल्र्डका लागि नयाँ रेकर्ड बनाएकी हुन् । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया