काठमाडौं – नेपाली कांग्रेसको संशोधित विधान मस्यौदामा निर्वाचनको बेला मनोनयन गर्नु एकमहिना अघि नै उमेद्वारबारे निर्णय गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ । यसअघि काग्रेसको उमेद्वारी दर्ता गर्ने केही घण्टा अघिसम्म उमेद्वारबारे निर्णय गरि मनोनयन गरिन्थ्यो ।
काग्रेसको संशोधित विधान मस्यौदामा संघीय संसद, प्रदेशसभा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उमेद्वार चयन गर्न केन्द्रिय संसदिय समिति, प्रदेश संसदिय समिति, जिल्ला संसदिय समिति र प्रतिनिधिसभा क्षेत्र संसदिय समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।
सबै तहका संसदिय समितिले उमेद्वारी सम्बन्धमा गरेको निर्णय सम्बन्धित तहको पार्टीको कार्यसमितिबाट पारित गराउनुपर्ने प्रस्ताव छ । उक्त मस्यौदामा उमेदवारीबारे व्यवस्थामा कुनै पनि तहको प्रत्यक्षतर्फको उमेद्वार मनोनयन दर्ता हुने मिति भन्दा एक महिना पुर्वनै अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । साथै त्यसमा समानुपातिकको आरक्षणको सुचिमा परि एकपटक निर्वाचित भैसकेको व्यक्ति लगातार पुनः सुचिमा नराखिने प्रस्ताव गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया