आगलागीबाट ९ लाखको क्षति

दाङ । दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा नौ लाखको क्षति भएको छ । 

विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?