काठमाडौँ– सङ्घीय संसद् सचिवालयका पदाधिकारीको गाडी खरिद प्रक्रियालाई अर्थ मन्त्रालयले आंशिक सहमति प्रदान गरेको छ ।
सचिवालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्थ मन्त्रालयसँग २३ वटा गाडी, कम्प्युटर तथा फर्निचार खरिदका लागि करिब २० करोड रुपियाँ माग गरिएको भए पनि अर्थ मन्त्रालयले तीन करोड रुपियाँमात्र दिएको हो । मन्त्रालयले माग अनुसारको खरिद आवश्यक भएमा आगमी वर्षको बजेटमा समेट्न पनि राय दिएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले व्यवस्थापन समितिको निर्णय अनुसार सचिवालयले गरेको पत्राचारको जवाफ अर्थले पठाएको बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया