बसको ठक्करबाट युवकको मृत्यु

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ । 

से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।  चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उनले बताए । 

चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?