लाइसेन्स आवेदन अझै अवरुद्ध

काठमाडौँ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतवार पनि सेवाग्राहीले भर्न पाएनन् ।
 शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतवार पनि अवरुद्ध भएको हो ।
दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘आइतवार पनि काम हुन सकेन । एकैचोटी एक लाखसम्मले आवेदन भरेका छन । ओभरफ्लो भएर दिनभरि काम भएन । क्षमता थप गर्ने काम भएको छ । यसको समाधान छिटै हुन्छ ।’
बीचमा आवेदन वन्द गरिएको हुँदा अहिले एकैपटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?